सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, असार १० । आज राष्ट्रियसभा बैठकमा दर्ता भएको गुठी विधेयक फिर्ता हुने भएको छ । संसद्मामा गएको बैशाख १७ गते दर्ता भएको गुठी विधेयक, २०७५ नागरिकको विरोधपछि आज अर्थात मंगलबार फिर्ता हुने भएको हो ।
उक्त बैठकका लागि मंगलबार दिउँसो १ बजे बोलाइएको छ । बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले विधेयक फिर्ता गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची तय गरिएको छ ।
मन्त्री अर्यालको प्रस्तावमा सांसद्ले आफ्नो सहमति जनाएपछि विधेयक फिर्ता हुने जनाएको छ। स्थानीय तथा अभियन्ताले यो विधेयक गुठी परम्परा विपरित र यसबाट गुठी संरक्षण हुन नसक्ने भन्दै विधेयकका धेरै बुँदामाथि असहमति राख्दै विरोध गर्दै आएका थिए।
विधेयक फिर्ता लिन सरकारले संसद्मा प्रस्ताव गर्नुपर्ने र त्यसलाई सम्बन्धित सदनको बहुमतबाट स्वीकृत हुनुपर्ने व्यवस्था रहेको संसद नियमावलीले जनाएको छ ।
मन्त्री अर्यालले गुठियार र सरोकारवालाको तीव्र विरोध भएपछि गएको असार ३ मा पत्रकार सम्मेलन गरी विधेयक फिर्ता गर्ने घोषणा गरेको थियोे ।
आजको राष्ट्रियसभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ‘नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव समेत पेश गर्ने कार्यसूची तय गरेको जानकारी दिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा