सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, जेठ २ । उपत्यकासहित देशका केही ठाउँमा बुधबार राति ठूलो पानी परेको छ । पोखरामा विकास भएको न्यूनचापीय प्रणाली पूर्व सर्ने क्रममा केही ठाउँमा ठूलो पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार राति काठमाण्डौमा मात्रै ५ दशमलव ९ मिलिमिटर पानी परेको छ ।
यस्तो छ ३ दिनको मौसम पुर्वानुमान:
जेष्ठ ०२ गते (बिहिबार):
दिउँसो: देशको पूर्वी भु-भाग तथा मध्य र पश्चिमि पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहि बाँकी भु-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ ।देशको पूर्वी भु-भागका तथा मध्य र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्हतिर मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।
राति: देशको पूर्वी भू-भाग तथा मध्य र पश्चिमी पहाडी भु-भागमा आंशिक बदलि रहि बांकी भु-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ । देशका पहाडी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
जेष्ठ ०३ गते (शुक्रबार):
दिउँसो: देशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहि बांकी भु-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। देशका पहाडी भु-भागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
राति: देशका पहाडी भु-भागमा आंशिक बदलि रही बांकी भु-भागमा मौसम सफा हुने देखिन्छ। देशका पहाडी भु-भागका एक वा दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
जेष्ठ ०४ गते (शनिबार):
दिउँसो: देशको पहाडी भु-भागमा आंशिक बदलि रहि बांकी भु-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। देशका पश्चिमी पहाडी भु-भागका थोरै स्थानमा तथा मध्य र पूर्वी भू भागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
राति: देशका पहाडी भु-भागमा आंशिक बदलि रही बांकी भु-भागमा मौसम सफा हुने देखिन्छ। देशका पहाडी भु-भागका एक वा दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा