सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / लम्की, बैशाख २८ । कैलालीको लम्कीचुहा नगरपालिकामा विभिन्न घटनामा परी एकैदिनमा तीनजना युवकहरुको मृत्यु भएको छ । उक्त नगरपालिकाको वडा नम्बर ७ स्थित रोरा नदीमा डुबेर दुईजना बालकको मृत्यु भएको हो ।
सोही नगरपालिका वडा नम्बर ९ बस्ने ११ बर्षिय सुदिप चौधरी र ११ बर्षकै समिर चौधरीको नदिमा नुहाईरहेको बेला डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ । प्रहरीका अनुसार मृतक दुबैजनाको शव टीकापुर अस्पतालमा ल्याईएको छ ।
यस्तै शनिबार नै कैलालीको लम्की चुहा नगरपालिकामा शरीर माथि ढुङ्गा खसेर एक युवकको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय लम्कीका अनुसार रतनखोला पार गर्ने क्रममा माथिबाट खसेको ढुङ्गा शरीरमा लागेर उनको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही नगरपालिका वडा नम्बर ४ बस्ने १८ बर्षिय प्रमोद चौधरीको मृत्यु भएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा