सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, चैत्र २९। मलेशियामा जारी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ‘यु–१९’ विश्वकपअन्तर्गत एसिया छनोटको पहिलो खेलमा नेपालले सिंगापुरमाथि २१७ रनको सानदार जित निकालेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्ता पाएको नेपालले ४६ ओभरमा सबै विकेट गुमाउँदै २८२ रन बनाएको थियो । २८३ रनको लक्ष्य पछ्याएको सिंगापुरले नेपाली बलरहरुको उत्कृष्ट प्रदर्शनका कारण ६५ रनमा सीमित रह्यो ।
सिंगापुरलाई झिनो स्कोरमै समेट्ने क्रममा नेपालका लागि पवन सर्राफ ३ विकेट लिए। उनले ६ ओभर बलिङ गर्दा जम्मा ५ रन मात्रै दिए । पवनले ५ ओभर मेडन फाले । सिंगापुरका २ ब्याट्सम्यानले मात्रै दोहोरो अंकको स्कोर बनाउन सके ।
ब्याटिङतर्फ नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ९५ रन बनाए । १०५ बलको सामना गर्दा उनले ७ चौका र एक छक्का प्रहार गरे । त्यसपछि रासिद खानले ४७ बलमा ४८, पवन सर्राफले ५३ बलमा ४७ रन बनाउँदा कमलसिंह ऐरीले १८ बलमा ३१ र भीम सार्कीले १९ बलमा २६ रनको योगदान गरे । नेपालले दोस्रो खेलमा शनिबार यूएईको सामना गर्नेछ ।
यो छनोट प्रतियोगिता एसियाली क्षेत्रको अन्तिम छनोट प्रतियोगिता हो, जसको विजेता टोली सीधै अर्को वर्ष दक्षिण अफ्रिकामा आयोजना हुने यू–१९ विश्वकपका लागि छनोट हुने छ। छनोट प्रतियोगितामा नेपाल र सिंगापुरसहित आयोजक मलेसिया, कुवेत, ओमान र यूएई सहभागी छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा