सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फाइल तस्बिर
पोखरा, चैत २९। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ वर्ष २०७६ उपलब्धिमूलक एवं मंगलमय होस् भनी शुभकामना कामना गरेका छन्। नेपाल महिला सङ्घद्वारा शुक्रबार नयाँ वर्ष २०७६ को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले निर्धारित समयमा महाधिवेशन नभए कांग्रेसलाई अपूरणीय क्षति हुने बताए।
नेता पौडेलले आगामी १० महिनापछि पार्टीको १४ औँ महाधिवेशन गरी काँचुली फेनुपर्ने उल्लेख समेत गरे।
उनले नेपाल महिला सङ्घलाई पार्टीको संगठनलाई बलियो बनाउन टोल–टोलमा समिति गठन गर्न आह्वान गरे। उक्त कार्यक्रम सङ्घकी पोखरा नगर समिति सभापति माया बरालको अध्यक्षतामा सम्पन्न भएको थियो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा