सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत्र २९। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापा अमेरिकाबाट आज (शुक्रबार) स्देश फर्कदैँ छन्। उनी कुनै राजनीतिक प्रयोजनले नभएर पढ्न गएका थिए।
उनले अमेरिकाको हावर्ड विश्वविद्यालयस्थित हार्वर्ड केनेडी स्कुलमा छोटो अवधिको ‘एक्काइसौं शताब्दीको लागि विश्वव्यापी नेतृत्व र सांर्वजनिक प्राशसन’ शीषकको कोर्स गरेका हुन्।
उहाँ भन्नुहुन्छ मलाई युवा रहिरहनु छ र सिकाई एक यस्तो विषय हो जसले युवा रहन सहयोग गर्छ । गगन पहिलेदेखि नै पढाईमा अब्बल रहँदै आएका छन् । कलेज लाइफदेखि पूर्णकालिन राजनीतिमा लागेर पनि उनले आफ्नो अध्ययनलाई निरन्तरता दिन सफल भए ।
सिद्धार्थ बनस्थली स्कुल बालाजुबाट उच्च अंकसहित एसएलसी पास गरेका गगनले त्रिचन्द्र कलेजमा आईएस्सी र बीएस्सी पास गरेका थिए । त्यसपछि फ्याकल्टी परिवर्तन गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्र–समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । पीएचडी गर्ने उनको धोको भने राजनीतिले गर्दा पूरा हुन सकेको छैन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा