सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर, चैत २८। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता र राष्ट्रिय हितहरुको संरक्षणमा गर्ने कार्यमा नेपाली सेनाले विगतदेखि नै उल्लेखनीय काम गर्दै आएको बताएका छन् ।
सैनिक अधिकृतहरुको दिक्षान्त समारोहलाई आज (बिहीबार) खरिपाटीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको मातहत र निर्देशनमा आफूलाई व्यवसायिक र मर्यादित संगठनको रुपमा स्थापित गरेको पनि बताए ।
प्रधानमन्त्री ओलीले राजा पृथ्वीनारायण शाहको नेतृत्वमा थालिएको र अनेकौं नायकहरुको नेतृत्वमा अघि बढाएको राष्ट्रिय एकिकरण अभियानबाट नेपाली सेनाले खण्डित भूगोललाई एकिकृत गरी नेपाल निर्माण गरेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले भने, ‘आफ्नो विशिष्ट सांगठनिक क्षमताका आधारमा देशभित्र विपद् व्यवस्थापन,राष्ट्र निर्माणका कार्यहरु,नागरिक सैनिक सम्बनध बिस्तार र राष्ट्रिय संकटमा नेपाली जनताप्रति बफादार रही नेपाली सेनाले काम गर्दै आएको छ ।’
‘प्रधानमन्त्री ओलीले देशमा विद्यमान सुरक्षा चुनौती तथा भविष्यमा समेत उत्पन्न हुन सक्ने विविध सुरक्षा खतराहरुको सामना गर्न नेपाली सेना र आन्तरिक शान्ति सुरक्षासंग सम्बद्ध सुरक्षा निकायसमेत सदैव सजग र सतर्क रहनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले लामो अस्थिरतापछि देश अहिले स्थायीत्वको जगमा सुदृढ सुव्यवस्था र तीब्र विकासको बाटोबाट अघि बढेको बताएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा