सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अमेरीकाको कंसास स्थित एक स्कुलमा त्यो समय अनौठो स्थिति पैदा भयो जब ७ जना शिक्षिकाहरु एक साथ गर्भवती भएको कुरा बाहिर आयो । खबर अनुसार, यी सातै जना शिक्षिकाहरु अक्टोबर महिनासम्म बच्चालाई जन्म दिनेछन् ।
यो स्कुलको नाम ओक स्ट्रीट प्राथमिक स्कुल हो । यहाँ कुल १४ शिक्षिकाहरु पढाउछन्, जसमा आदि शिक्षिकाहरु अब एकसाथ मातृत्व अवकाशमा जादैछन् । स्कुलमा पढाउने एक शिक्षिकाले एकसाथ सात जना शिक्षिकाहरु आमा बन्न लागेको देख्दा आफुले निकै नै रोमाचित महसुस गरेको बताइन ।
स्कुलकी प्रिन्सिपल एश्ले मिलरले बताइन कि यो भन्दा पहिला मार्च र अक्टोबरमा नै २ जना शिक्षिकाले बच्चालाई जन्म दिएका थिए र अब एक साथ सात जना शिक्षिकाहरु गर्भवती भएको खबर सुनेर उनी अचम्ममा परेकी छिन् ।
एश्ले मिलरले सातैजना एकसाथ मातृत्व अवकाशमा गए पश्चात उनीहरुको ठाउँमा अरु शिक्षिकाहरु पढाउनको लागी राखिने बताइन । उनका खुलासा गर्दे भनिन कि, सात शिक्षिकाहरु कुल आठ बच्चालाई जन्म दिनेछन किनभने यी मध्ये एक शिक्षिका जुडुवा बच्चालाई जन्म दिदै छिन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा