सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले पुष्पकमलदाहाल प्रचण्ड र केपीशर्मा ओलीलाई पनिजन्म कैद हुनुपर्ने माग गरेका छन् । एक अन्तरवार्तामा महतोले चौधरीलाई जन्मकैद गरिएजस्तै प्रचण्ड ओलीलाई पनिजन्मकैद हुनुपर्ने माग गरेका हुन् । कोहीले आन्दोलन गर्दा देशको प्रधानमन्त्रीहुने र कोहीले आन्दोलन गर्दा जेलमा सडिनुपरेको भन्दै असन्तुष्टि जनाए ।
‘प्रचण्डले हजारौं मान्छे मारे । ओलीले पनिथुप्रै मान्छे मार्न लगाए । कसलाई मुद्दा लाग्यो ? कोमाथि मुद्दा चलिरहेको छ, को जेलमा छ ?’ राजपा नेतामहतोले भने ‘अनि रेशम चौधरी जनताबाट निर्वाचितलाई चाहिँजन्मकैद ? के यहीहो लोकतन्त्र?
यसैका लागि लडेका हौं हामी?’ विभिन्न कालखण्डमा अधिकारका लागिआफूहरुले पनिमिलेर संघर्ष गरेको भन्दै महतोले एकै मुलुकमादुईवटा व्यवहार भएको बताए ।
निर्वाचित सांसद चौधरीलाई जेलमा कोचेर सदनमाउपस्थितनगराउनु जनताको, जनादेशको अपमानभएको उनले बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा