सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दक्षिण कोरीयाको स्मार्टफोन निर्माता कम्पनि सामसुङले आफनो पहिलो फोल्डेबल ह्याण्डसेट ग्यालेक्सि फोल्ड बजारमा सार्वजनिक गरेको छ । यो फोनमा दुई वटा डिस्प्ले रहेको छ । पहिलो डिस्प्ले ७.३ इन्चको छ त दोस्रो ४.६ इन्च ।
यो फोनको विक्रि विशिष्ट बजारमा अप्रिल २०१९ बाट मात्र शुरु हुनेछ । यद्यपी, विशिष्ट बजार कुन हो भन्ने कुराको जानकारी हाललाई कम्पनिले दिएको छैन । यो फोनमा इनफिनिटि फ्लेक्स डिस्प्ले दिइएको छ । यसको कारण स्मार्टफोनलाई फोल्ड गर्न सकिन्छ ।
ग्यालेक्सि फोल्ड को बिक्रि सेलेक्टेट देशमा २६ अप्रिलबाट गरीनेछ । यसको मुल्य १९८० डलर यानी २ लाख २४ हजार रुपैया रहेको छ । यसलाई ग्रिन, ब्लु, सिल्भर र ब्ल्याक भेरियन्टमा किन्न सकिनेछ । यो फोनलाई ४जी एलटिइ र ५जी भेरियन्ट बिक्रिको लागी उपलब्ध गराइनेछ ।
सामसुङ ग्यालेक्सि फोल्ड का फिचर्स
यसको एउटा डिस्प्ले ७.३ इन्चको इनफिनिटि फ्लेक्स डायनामिक एमोलेड प्यानलसँगै आउछ । यसको पिक्सल रिजोलुशन १५३६x२१५२ छ । त्यही, दोस्रो डिस्प्ले ४.६ इन्च सुपर एमोलेड प्यानलसँगै आउछ जसको पिक्सल रिजोलुशन ८४०x१९६० छ । यसको प्रोसेसरको बारेमा जानकारी पाइएको छैन तर यसको प्रोसेसर ७ एनएम प्रोसेससँग आउनेछ ।
खबर अनुसार, यसमा क्वालकम स्नेपड्रगेन ८५५ चिपसेट दिइएको छ । फोनमा १२ जीबी र्याम र ५१२ जीबी इन्टरनल स्टोरेज रहेको छ । यसमा माइक्रोएसडी कार्ड सपोर्ट दिइएको छैन । यसमा दुई वटा ब्याट्रि दिइएको छ । दुबै ब्याट्रिलाई मिलाउदा ४३८० एमएएच हुन्छ ।
सामसुङ ग्यालेक्सि फोल्डमा ६ क्यामरा सेन्सर छ । जसमध्ये तिन रियरमा , दुई वटा भित्र र १ वटा अगाडि हुनेछ । त्यही, ट्रिपल रियर क्यामरा पछाडि हुनेछ । यसको प्राइमरी सेन्सर वाइड–एंगल लेन्स र ड्यूल अपर्चरसँगै १२ मेगापिक्सलको हुनेछ । दोस्रो टेलिफोटो लेन्ससँगै १२ मेगापिक्सलको र तेस्रो सेन्सर अल्ट्रा वाइड एंगलसँगै १६ मेगापिक्सलको हुनेछ ।
जब फोन अनफोल्ड हुनेछ तब दुई वटा क्यमरा भित्र हुनेछ । यसको पहिलो सेन्सर १० मेगापिक्लको र दोस्रो ८ मेगापिक्सलको डेप्थ सेन्सर छ । यो फोन एनड्रोइड ९ मा काम गर्दछ । यसमा ७.४ इन्चको ठुलो डिस्प्लेमा तीन वटा एप एकसाथ काम गर्न सक्दछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा