सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दाङ, फागुन २ । सिटिजन्स बैंकले दाङका तीन सामुदायिक विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ । बैंकको घोराही शाखा कार्यालयमा आयोजित एक कार्यक्रम बिच श्री बालकल्याण माध्यमिक विद्यालय खैरा, सौडियारको श्री जनकल्याण प्राथमिक विद्यालय र वंगलाचुली गाउँपालिकाको श्री माध्यमिक विद्यालय भेडावारी मुलावारीलाई कम्प्युटर हस्तान्तरण गरेको हो ।
सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई सूचना प्रविधिमा आएको आमूल परिवर्तनसंग परिचित बनाउनका निम्ति बैंकले यो कार्यक्रम संचालन गरेको हो । यस बाट उक्तक्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तर बुद्धिमा सहयोग मिल्ने विश्वास बैंकले लिएको छ ।
आउँदा दिनहरूमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने प्रतिबद्धता जनाएको छ ।
बैंकले हाल देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरु मार्फत करिव चार लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आईरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा