सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, माघ २६ । बर्षासँगै काठमाडौंमा पनि हिउँ परेको छ । काठमाण्डौँको पश्चिम क्षेत्रमा रहेको चन्द्रागिरी, भक्तपुरको नगरकोट, ललितपुरको फुल्चोकी डाँडामा फेरी हिउँ परेको छ।
चन्द्रागिरीको टप स्टेशन वरिपरि हिँउ परेपछि त्यहाँ पुगेका मानिसहरु खुसी भएका छन् ।आज चन्द्रागिरी डाँडामा बनेको भालेश्वर महादेव मन्दिरसँगैको संरचना पूरै हिउँले ढाकिएको छ।
यता भक्तपुरको नगरकोट तथा ललितपुरको फुल्चोकीमा पनि हिउँ परेकोले हिउँ खेल्न जानेहरुको सख्या बिस्तारै बढिरहेको छ । हिउँ सँगै निरन्तर वर्षा भईरहेकाले हिउँ परेका ठाउँमा आन्तरिक तथा बह्य पर्यटक जाने सम्भावना भने पहिलाको भन्दा कमै रहेको छ।
२५ सय ५२ मिटर उचाइमा रहेको चन्द्रागिरीमा फागु पुर्णिमाका दिन चन्द्रागिरीमा विशेष मेला लाग्छ ।
गत बिहीबारदेखी निरन्तर वर्षा भएपछि उपत्यका नजिकका चन्द्रागीरी, नगरकोट, फुल्चोकी डाडाँकाडाँमा हिउँ परेको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा