सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, माघ ३ । सर्वोच्च अदातलले सिजी कम्युनिकेसन प्रा. लि लाई मोबाइल सेवा सञ्चालनका गर्न आफैले दिएको अन्तरिम आदेश बदर गरेको छ।
विहिवार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा र न्यायाधीश ईश्वर खतिवडाको संयुक्त इजलासले पुस १० गते न्यायाधीश दीपकराज जोशीको एकल इजलासले सिजीलाई मोबाइल सेवा सञ्चालनका लागि अनुमति प्रदान गर्न नेपाल दूरसञ्चार प्राधिकरणका नाममा गरेको अन्तरिम आदेश बदर गरेको हो ।
‘आधारभूत टेलिफोन सेवा सञ्चालन गर्ने अनुमति प्राप्त गरेको देखिँदा उक्त अनुमतिपत्र कार्यान्वयन गर्न आवश्यकपर्ने कुनै पनि कार्य गर्न नरोक्नु, रोक्न नलगाउनु तथा निजलाई कुनै बाधा र अवरोध नगर्नु, नगराउनु’, दिपकराज जोशीको आदेशमा भनिएको थियो ।
त्यसैगरी आदेशमा अनुमतिपत्र कार्यान्वयन गर्न आवश्यकपर्ने खरीद, जडान तथा सो सम्बन्धमा आवश्यकपर्ने थप लगानीका लागि निवेदक ९सिजी टेलिकम० लाई आवश्यकताअनुसार अनुमति दिनु दिलाउनु समेत भनिएको थियो ।
आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र सञ्चालनमा ल्याउन आवश्यकपर्ने अन्य सेवा प्रदायक सरह समान हक स्थापित गर्न, आवश्यक फ्रिक्वेन्सी वितरण गर्नसमेत अदालतले आदेशमा उल्लेख गरेको थियो ।
नेपाल दूरसञ्चार प्राधिकरणले सिजी टेलिकमलाई मोबाइल सेवा सञ्चालन गर्न आवश्यक मापदण्ड पूरा नभएको उल्लेख गर्दै सेवा सञ्चालन गर्ने अनुमति दिएको थिएन । जोशीको आदेश विरुद्ध दूरसञ्चार प्राधिकरणले पुस २४ गते भ्याकेट निवेदन दिएको थियो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा