सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हामी सबैलाई लाग्छ कि जति धेरै पैसा हुन्छ त्यति नै जिन्दगी राम्रो र खुशीका साथ वित्छ । सामान्य ब्यक्तिहरुको जिन्दगी विहानदेखी बेलुकासम्म दिनहु जसो संघर्षमा बित्छ । तर विश्वका सबैभन्दा धनि मानिसहरुको दिन कस्तो हुन्छ होला ? उनीहरु कति घण्टा सुत्छन् र कति बजे उठ्छन् होला ? यो जिज्ञासा सबैजना जान्न चाहन्छन् ।
यहाँ हामी तपाईहरुलाई अमेजनका संस्थापक जेफ बेजोस, माइक्रोसफ्ट का बिल गेट्स, लगानीकर्ता वारेन बफे र फेसबुकका मार्क जुकरबर्ग को दिनचर्याको बारेमा बताउन गईरहेका छौ । आउनुहोस् जान्नुहोस कसरी बित्छ उनीहरुको दिन
जेफ बेजोस
जेफ बेजोस विश्वका सबैभन्दा धनि ब्यक्ति हुन् । उनको कुल सम्पति १३७ अरब डलर छ तर उनको दिनचर्याको कुरा गर्ने हो भने उनको दिनचर्या पनि साधारण ब्यक्तिको जसरी नै वित्छ । विजनेस इनसाइडर अनुसार बेजोस आठ घण्टा निदाउन रुचाउछन् र विहान उठ्नको लागी अलार्मको मद्यत लिन्छन् । उनको दिनको शुरुवाता एक कप कफि र अखबार पढेर शुरु हुन्छ ।
उनी अमेजनको अफिस जानु भन्दा पहिला परिवारसँग ब्रेकफास्ट गर्छन । साधारणतया उनको अफिसियल बैठकहरुको यात्रा विहान १० बजेदेखी शुरु हुन्छ तर उनी दिउँसोपछि मिटिङबाट फ्रि हुन्छन् । काम पछि बेजोस आफनो परिवारसँग डिनर गर्छन र आफुले खाएको खानाको भाडा आफै माझ्छन् । उनी दिनहुजसो शारीरिक ब्यायम गर्छन ।
बिल गेट्स
माइक्रोसफ्टका संस्थापक विल गेट्स अहिले आफनो रिटायरमेन्टको जिन्दगी बिताइरहेका छन्, तर बिल एण्ड मेलिंडा गेट्स फाउण्डेशनको कामको कारण उनी धेरै ब्यस्त छन् । बिल गेट्स सात घण्टा सुत्छन् र साधारणतय उनी विहान ब्रेकफास्ट गर्दछन् ।
उनी विहान शारीरिक ब्यायम गर्छन र त्यसपछि अखबार पढ्छन् । अखबा पढेपछि उनी फाउण्डेशनको कामको जानकारी लिन्छन् । उनी धेरै पढ्छन् भने आफनो घरको काम पनि गर्छन । जेफ बेजोस जस्तै उनी पनि प्राय आफनो भाडा आफै माझ्छन् ।
वारेन्ट बफे
दिग्गज लगानीकर्ता वारेन्ट बफे ८ घण्टा सुत्न मन पराउछन् र उनी विहान ६ः४५ बजे उठ्छन् । ब्रेकफास्ट भन्दा पहिला अखबार पढ्छन् । यसपछि उनी बफे म्याकडोनाल्ड्स जान्छन् । बर्कशायर हैथवे अफिसमा बफे प्रायजसो समय पढ्नमा बिताउछन् ।
उनी प्रतिदिन कम्तिमा पनि ५०० पेज पढ्नको लागी सल्लाह दिन्छन् । अफिसको दिनहुको कामकाजमा उनले ब्रिज खेल्न र गितार सिक्नको लागी त्यही समय सदुपयोग गर्छन ।
मार्क जुकरबर्ग
फेसबुकका संस्थापक एवं सिईओ कति घटना सुत्छन् त्यो प्रष्ट छैन तर उनी साधारणतय विहान ८ बजे उठ्छन् । त्यसपछि उनी सबैभन्दा पहिला आफनो फोन चेक गर्छन, विशेषगरी फेसबुक, म्यासेन्जर र वाट्सएप । उनी कम्तीमा हप्ताको तिन दिन शारीरिक ब्यायम गर्छन र भने कहिलेकाहि उनी आफनो कुकुरसँग मर्निङ वक मा निस्कन्छन् ।
उनी विहान ब्रेकफास्ट गर्न रुचाउछन् भने उनको सबैभन्दा मन पर्ने लुगा हो ग्रे टीशर्ट र जिन्स पाइन्ट । उनी हप्तामा करिब ५० देखी ६० घण्टा काम गर्छन । कहिलेकाहि यो भन्दा नि धेरै काम गर्छन । भने बेलुकाको समय आफनो परिवार तथा दुई छोरीहरुसँग रमाइलो गरेर आफनो दिनको अन्त गर्छन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा