सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अक्षय कुमार बलीउडका सबैभन्दा ब्यस्त अभिनेताहरु मध्येका एक हुन् । एकपछि अर्को फिल्ममा ब्यस्त हुने अक्षय कुमार आजकाल रजनीकांतसँगको फिल्म २.० ले बलिउडमा धुम मच्चाइरहेको छ ।
आज हामी अक्षय कुमारको होइन उनका छोरा आरवको कुरा गर्देछौ । आरव अहिले १६ बर्ष भएका छन् भने उनी पनि पिता अक्षय कुमार जस्तै अग्लो र ह्याण्डसम भएका छन् । १६ बर्षका आरव पनि अरु स्टार किड्सको लिस्टमा एक पपुलर नाम हो र प्राय चर्चामा रहन्छन् । उनको लोकप्रियता कुनै स्टारको जस्तै छ भने उनको जबरदस्त पर्सनालिटि पनि कुनै स्टार जस्तै छ ।
अक्षय कुमार र ट्विंकल खन्नाका दुई जना बच्चा छन् । छोरा आरव र छोरी नितारा । १५ सेप्टेम्बर, २००२ मा मुंबईमा जन्मेका आरवले जुहु मा रहेको मोडल वर्ल्ड मा पढेका हुन् । यी तस्विरहरुमा आरव धेरै शान्त र सहज देखिएका छन् ।
आरव मार्शल आर्टस् मा पनि रुची राख्छन् र उनी चार बर्षको उमेरदेखी नै यसको अभ्यास गरीरहेका छन् । आरव कुडो ओकिनावा र गुजो रयू कराते डो मा फर्स्ट डिग्री ब्लाक बेल्ट हासिल गरेका छन् । साथै आरव नियमति च्यारिटेबल इन्चिच्युटमा केही न केही च्यारिटि पनि गर्दे आइरहेका छन् । उनी आफनो कपडा देखी लिएर खेलौनासम्म च्यारिटिमा डोनेट गर्दे आइरहेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा