सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । मध्य पुसमा नेपालगञ्ज गुञ्जने भएको छ । पुस १६ गते आधा दर्जन राष्ट्रिय कलाकारहरुको प्रस्तुती सहित नेपालगञ्ज गुञ्जने भएको हो । बलामी फिल्म ईन्टरटेन्टमेन्टले २०१९ भित्र देशैभर ६ ठाउँमा म्युजिक फेस्टिभल गरिने जनाएको छ ।
जस अन्तर्गत नेपालगञ्जको शारदा ईभेन्ट र नमस्ते रिसोर्टको सहकार्यमा नेपालगञ्जमा अंग्रेजी नयाँ बर्षको छेको पारेरम्युजिक फेटिभलको पहिलो आयोजना गर्न लागिएको आयोजक समीर बलामीले बताएका छन् । नेपालगञ्ज र कोहलपुरको बिच गनापुरमा रहेको नमस्ते रिसोर्टमा न्यु ईयर ईभ सहितको म्युजिक फेस्टिभल हुने भएको हो ।
कार्यक्रममा युवा वर्गको ढुकढुकी तथागायक राजेशपायल राई, कमल खत्री को साथै नेपाल आईडल सिजन १ का सुरजथापा र सुजाता पाण्डेले प्रस्तुती दिनेछन् । हाँस्यकलाकार सन्दिप क्षेत्रीले कार्यक्रममा दर्शकहरुलाई हसाँउनेछन् । कार्यक्रमलाई बरिष्ठ पत्रकार नरेश भट्टराईले संचालन गर्नेछन् । कार्यक्रममा आईटम नृत्यहरु पनि प्रस्तुत हुनेछन् । नृत्यको लागि कलाकार फाईनल गर्न बाँकी रहेको रअन्य सबै कलाकारहरुलाई फाईनल गरिसकेको आयोजक संस्थाका अध्यक्ष समीर बलामीले बताए ।
मध्य पश्चिममा यो अहिले सम्मकै ठुलो म्युजिक फेस्टिभल भएको स्थानियआयोजक शारदा ईभेन्टसका रोनिश गौतमले बताएका छन् । अहिले प्रचार प्रसारको काम तिब्र रुपमा शुरु भएको बताईएको छ । कार्यक्रमको लागी १५ बर्ष देखी ६० बर्ष सम्मका दर्शकहरुलाई लक्षित गरिएको छ ।
कम्तीमा ७ हजारदेखि १० हजार दर्शकको लक्ष्य राखिएको कार्यक्रमले नेपालगञ्जका सबै कलेजहरुमा क्याम्पेन शुरु गरिएको छ । आयोजकले पत्र पत्रिका, होडिङ्ग बोर्ड, ब्यानर, पोष्टर लगायतका प्रचारहरुलाई तिब्रता दिने जनाएको छ । नेपालगञ्जमा पनि चाँडै नै संचारकर्मीहरुसँग अन्तक्र्रिया गरिने पनि बताईएको छ । नेपालगञ्ज र कोहलपुरको पर्यटन प्रवद्र्धनका लागि पनि यो कार्यक्रमले प्रत्यक्ष भुमिका खेल्ने आयोजकले जनाएको छ ।
कार्यक्रममा उपस्थित हुने सबै दर्शकहरुले नेपाली ढाका टोपि लगाएरआउनु पर्ने नियम आयोजकले बनाएको छ । जनवरी १ लाई नेपाली ढाका टोपि दिवसको रुपमा मनाउन कार्यक्रमले प्रत्यक्ष भुमिका खेल्ने मनसायले उपस्थित दर्शकहरुले नेपाली ढाका टोपि लगाएरआउने वातावरण बनाउने आयोजकले दावी गरेको छ ।
पुर्ण सुरक्षा ब्यबस्था सहितको कार्यक्रमलाई स्थानिय सरकार, नेपाल पर्यटन बोर्ड, गोर्खा ब्रुअरी, जावलाखेल डिष्ट्रिलरी लगायतको प्रत्यक्ष सहयोग र सहकार्यहुने आयोजकले जनाएको छ । कार्यक्रममा दर्शकको लागि ५ सय र १ हजारको टिकट ब्यबस्था गरिएको छ । भिआईपि दर्शकको लागि भने २ हजार कायम गरिएको छ ।
दर्शकले कार्यक्रमको टिकट समाजिक सञ्जाल, बैंकमा रकम दखिला भौंचर मार्फत काट्न सकिनेछ । साथै टिकट बिक्रिको लागिआयोजकले स्वंयम सेवकलाई पनि परिचालन गरिएको छ । अन्तमा कार्यक्रम स्थलबाट पनि टिकट काट्न सकिने आयोजकले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा