सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अछाम, मंसिर २६। महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेकै अवस्थामा अछाममा एक किशोरीमाथि जबर्जस्ती करणी भएको छ । १७ वर्षीया एक किशोरीलाई बदात्कार गरेको आरोपमा अछाम प्रहरीले ३३ वर्षीय युवकलाई पक्राउ गरेको हो ।
बलात्कारको आरोपमा जिल्लाको साँफेबगर नगरपालिका–४ भण्डारीगाउँ निवासी ३३ वर्षीय मिलन भुललाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । किशोेरीले दिएको जाहेरीका आधारमा भुललाई पक्राउ गरिएको अछामका प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले बताउनुभयो ।
भुलले यही मङ्सिर २३ गते आइतबार ती किशोरीमाथि जबरजस्ती करणी गरेपछि किशोरीले साँफेबगर इलाका प्रहरी कार्यालयमा जानकारी दिएलगतै प्रहरीले भुललाई घरबाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी शाहीले बताउनुभएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा