सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, मंसिर २३ । संसदीय सुनुवाई समितिले ४ देशका लागि सिफारिस भएका राजदूतको नाम सर्वसहमतिले अनुमोदन गरेको छ।
आइतबार ७ घण्टा लामो चलेको संसदीय सुनुवाई समितिको बैठकले सरकारले सिफारिस गरेका ४ जनाको नाम अनुमोदन गरेको हो ।
बैठकले भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, युएईका लागि कृष्णप्रसाद ढकाल र इजरायलका लागि डा. अञ्जान शाक्यको नाम अनुमोदन भएको हो ।
संसदीय समितिबाट अनुमोदन भएका प्रस्तावित राजदूतलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्ने प्रावधान छ।
प्रस्तावित राजदूतहरु उपर कुनै पनि उजुरी नपरेपछि उनीहरु राजदुतको लागी संसदीय समितिले योग्य ठहर गरेको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा