सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ , मंसिर २३ । शेयर लगानीकर्ता दवाव समूहले अर्थमन्त्री खतिवडाको राजीनामा माग गर्दै आइतबारबाट काठमाडौंको भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको कार्यालयको मूलगेटमै अनसन सुरु गरेका हुन् ।
तत्काल विशेष कार्यक्रम ल्याई सेयर कारोबारलाई सहज नबनाए देशभरका सेयर लगानीकर्ताहरु आमरण अनसन बस्न बाध्य हुने भएका छन्।
शेयर बजारका लागि संचालनमा ल्याइएको अनलाइन कारोबार प्रणालीले काम नगरेपछि शेयर लगानीकर्ताहरुले आपत्ती जनाउँदै अर्थमन्त्री खतिवडाकोसमेत राजीनामा माग गरेका हुन् ।
पूँजी बजारलाई सहज बनाउन बहानाबाजी नगर्न पनि सरकारलाई समेत सचेत गराएका छन् । अनलाईन कारोबार प्रणालीको पहुँच आम नागरिकमा पुर्याउनुपर्ने लगायतका १० बुँदे माग राख्दै
शेयर लगानीकर्ता दवाव समूहले अनसन सुरु गरेका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा