सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, कार्तिक ३० । ताहचलस्थित श्रम कार्यालयमा सेवाग्राहीलाई दुःख दिने तीन जना विचौलिया आज पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङका २४ वर्षीय रोशन शिवाकोटी, झापाका ४५ वर्षीय हितबहादुर धिमाल र काठमाडौँका २२ वर्षीय ऋषि मोक्तान रहेका छन् ।
विभिन्न बहानामा सेवाग्राहीलाई दुःख दिएको आरोपमा पक्राउ गरेको नेपाल प्रहरी केन्द्रीय कार्यालयका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । अनुुसन्धानका लागि उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीमा राखिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा