सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
लामो समयसम्म एक अर्कासँग डेट गरेपश्चात आज दिपिका पादुकोण र रणवीर सिंह विवाह बन्धनमा बाधिनेछन् । दुबैको लव स्टोरी पनि निकै नै चाखलाग्दो छ । जहाँ दिपिका शान्त र समझदार देखिन्छिन भने रणवीर धेरै उर्जावान र गफाडी छन् । उनीहरु दुबैको लव स्टोरीको श्रेय धेरै हदसम्म निर्देशक संजय लीला भंसालीलाई जान्छ ।
खबर अनुसार यी दुबैको लव स्टोरी संजय लीला भंसालीको फिल्म “गोलियो कि रासलीला–रामलीला” को सेटबाट शुरु भएको थियो । फिल्मको सेटबाट क्रू मेम्बरले हफिंगटन पोस्टसँगको कुराकानीमा भनेका छन् कि कसरी यि दुबै विच लव स्टोरी शुरु भयो , “२०१२ मा गोलियो कि रासलीला–रामलीला को शुटिङ मुम्बईको फिल्म सिटिमा चलिरहेको थियो । फिल्मको रोमांटिक गित ‘अंग लगा दे’ मा दीपिका पादुकोणले रणविर सिंहलाई तान्नु थियो । गितको अन्तिममा दुबै जना एक अर्कालाई किस गर्न थाले जबकी यो स्क्रिप्ट गितमा थिएन । यो दौरान संजय लीला भंसालीले कट भने तर रणवीर र दीपिका एक–अर्कामा यती इमोशनमा परेकी उनीहरुले कसैको कुरा पनि सुनेन र किस मै लिप्त भइरहे “।
क्रू मेम्बरले अगाडि भने “सेटमा रहेका सबैलाई थाहा थियो कि रणवीर र दीपिका डेटमा छन् भनेर तर उनीहरुको यस किसिमको किसले सबैलाई प्रमाणित भयो कि दुबै डिप लवमा छन् भनेर । दुबै जना एक–अर्कालाई वेवी भनेर बोलाउथे, सँगसँगै खान्थे र शुटिङ सकिने वित्तिकै दुबै एकसाथ जान्थे” ।
रामलीला पछि दुबैेले फेरी संजय लीला भंसालीको फिल्म वाजीराव मस्तानीमा काम गरे । ६ बर्ष लामो रिलेशनशिप पछि दुबै विवाह बन्धनमा बाँधिदै छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा