सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २५। नेपाल प्रहरीले बिहीबार विशेष समारोहको आयोजना गरी ६३ औं प्रहरी दिवस मनाउँदैछ । दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा हुने विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने बताइएको छ । प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।
कार्यक्रममा १३ वटा विधाका उत्कृष्ट व्यक्तित्वहरुलाई पनि पुरस्कृत गरिँदैछ । दिवसको अवसरमा विभिन्न जिल्लाका प्रहरी कार्यालयले पनि विविध कार्यक्रम आयोजना गरेका छन् ।
रक्तदानदेखि सरसरफाइ कार्यक्रमसम्म गरेर यो दिवस भव्यताका साथ मनाइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा