सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २४। ललितपुरको सातदोबाटोमा निर्माण भएको महानगरीय ट्राफिक प्रहरी भवनको आज उद्घाटन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनभित्र गलत काम गर्ने छुट कसैलाई नभएको बताएका छन् ।
गलत काम गर्नेहरु प्रहरी संगठनभित्र बस्न नसुहाउने उनको भनाई थियो । केही व्यक्तिले गलत काम गर्दा समग्र प्रहरी संगठन बदनाम भएको भन्दै उनले प्रहरी संगठन बदनाम हुँदा आफूमाथि चोट लागेको बताए ।
खानालले प्रहरीको बोली र व्यवहार पनि भवनजस्तै राम्रो हुनुपर्ने बताए । ‘अभावको बीचमा पनि ट्राफिक प्रहरी र नेपल प्रहरी अहोरात्र खटिएको छ, यो नयाँ भवनजस्तै प्रहरीको बोली, वचन र व्यवहार पनि राम्रो हुन जरुरी छ,’ प्रहरी महानिरीक्षक खनालले भने, ‘प्रहरी निरीक्षक सिताराम हाछेथुजस्तै राष्ट्रप्रति सर्मपित भएर इमान्दारिताका साथ हामि सबै लाग्नु पर्छ ।
भवन उद्घाटन समारोहमा समितिले भवन निर्माणका लागि अहोरात्र खटिएर महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै प्रहरी निरीक्षक सीताराम हाछेथुलाई एक लाख एक हजार सहित सम्मान गरिएको छ । २०७२ सालदेखि निर्माण थालिएको उक्त भवन २ करोड १६ लाख रुपैयाँको लागतमा निर्माण भएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा