सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, असोज ९। यातायात व्यवसायीहरुले दसैंका लागि आज (मंगलबार) देखि अग्रिम टिकट बुकिङ खुलाएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कार्यसम्पादन समितिको सोमबार बसेको बैठकले मंगलबार विहानदेखि दसैंको लागि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको हो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको माग अनुसार सरकारले १० प्रतिशत भाडा बढाएपछि व्यवसायी टिकट बुकिङ खोल्न तयार भएका हुन्। भाडा बृद्धिको अनुमति पत्र महासंघसमक्ष आइसकेपछि त्यसलाई स्वीकार गर्दै अग्रिम टिकट बुकिङ आज देखि खोल्ने निर्णय गरेको हो।
यसअघि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खोल्ने भने पनि पेट्रोलिय पदार्थमा मूल्यवृद्धि भएपछि रोकेका थिए। सरकारले आइतबार सार्वजनिक यातायातका साधनमा १० प्रतिशत भाडा बढाउने निर्णय गरेसँगै व्यवसायी टिकट बुकिङ खोल्न राजी भएका हुन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा