सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २। मलेसियामा विषालु मदिरा सेवन गर्दा चार नेपालीसहित सात जनाको मृत्यु भएको छ। मृत्यु हुने चार नेपालीमध्ये दुई जनाकाे नाम पुष्टि भएकाे छ।
मलेसियाली सञ्चारमाध्यमका अनुसार विषाक्त रक्सी सेवनका कारण १६ जना बिरामी परेका छन्। तीमध्ये १३ जना नेपाली कामदार रहेका दूतावासले बताएकाे छ। उनीहरुकाे मलेसियाका तीन वटा सरकारी अस्पतालमा उपचार भइरहकाे छ।
मृतकको पोस्टमार्टम रिपोर्ट आइनसकेको र घटनाबारे थप जानकारी लिइरहेकाे दूतावासले उल्लेख गरेकाे छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा