सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । किरात राई संस्कृतिमाआधारित चलचित्र ‘सायाबुङ’ (शीरफुल)को भव्यप्रदर्शनभएको छ । किरात राई यायोक्खा केन्द्रियकार्यालय कोटेश्वरस्थित सुम्नीमाहलमाशनिबार विशेषप्रदर्शनीभएको हो ।
‘द ह्वाइट फेस’ को आयोजनामा सम्पन्नभएको कार्यक्रममाप्रमुखअथितिकिरात राई यायोक्खाकाकार्यबहाकअध्यक्षदिवश राईले फिल्मनिर्माण टिमलाई बधाई दिए। प्रिमियर शोउद्घाटन गर्दै उनले यस्तो फिल्मको निर्माणले संस्कृतीको संरक्षणमा ठूलो योगदानपुग्ने बताए ।
त्यस्तै नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रिय सदस्यतथा संघीय सांसदसुदनकिरातीले संस्कृती संरक्षण तथापहिचानको आन्दोलनमाचलचित्र क्षेत्रको पनि ठूलो भूमिका रहेको बताए ।
व्यापकदर्शकको उपस्थितिले हलमा अटाउन हम्मेहम्मे परेको थियो । दर्शकको उपस्थितिले आफुलाई थपकामगर्ने जाँगर आएको मात्रनभएर गर्व महसुस भएको निर्मात्री साया राईले बताइन ।
द पाल्मग्रुपप्रा. लि. को ब्यानरमानिर्माण गरिएको सायाबुङ चलचित्रकिरात राई सँस्कृतिमाआधारित रहेको छ । चलचित्रलेकिरातीहरुको परम्परागतमूल्य, मान्यता, प्रेम तथाविवाह जस्ता संस्कारहरु समेत समेटिएको छ । चलचित्रको नामकिराती सभ्यतार भाषाबाट लिइएको भएपनिपनिचलचित्र नेपालीभाषामा रहेको छ । पूर्वी नेपालको उच्च पहाडी भेगमा रहेको चौरीगोठ पालनको संस्कृतीलाई पनिचलचित्रमा समेटिएको छ । बस्ती भन्दा धेरै टाढा गोठ पालनगरि बस्ने युवा र बस्तीमा रहेकीयुवतीबीचझागिएको प्रेम वरिपरि फिल्मको कथा घुमेको छ ।
मोफसलमानिर्माण भएकाले केहीप्राविधिकमजोरीकाबाबजुदफिल्म राम्रो रहेको दर्शकहरुले प्रतिक्रियादिएका छन् । मोफसलमामात्रहोइन समग्र नेपालीफिल्मउद्योगले नै हलिउडको जस्तो साइन्स फिक्सनदिननसक्ने भएकाले अब नेपालीफिल्मले सायाबुङले जस्तै कन्टेन दिनु पर्ने फिल्म हेरिसकेपछि किरात राई युवासंघका केन्द्रियअध्यक्ष सञ्जय राईले बताए ।
चलचित्रको छायाँङ्कनपूर्वी नेपालभारत सीमाना सन्दकपुर, फालेलुङ, सिदिन, सिलौटी, लब्रेकुटी र भारतको मणीपुरका रमणीय स्थानहरुमागरिएको छ ।
सौजन सुब्बा, निशा राई, सगुन सुसारा, साया राई, राहुल राई, दर्पण राई, उमेश राई र दिब्यआङ्देम्बेको अभिनय रहेको यस चलचित्र साया राईले निर्माण गरेकाहुन । भगिराज राईको लेखन निर्देशन, भक्त सुनुवार र उदय नेमबाङको संगीत रहेको छ ।देबजंगथापाले सम्पादन गरेका छन् । चलचित्रमादिपकलिम्बू, रजिना रिमाल, दिपालामा, उदय नेम्बाङ गौरिमान राई र भगिराज राईकोगीत समेटिएको छ ।
काठमाडौंको विशेष प्रदर्शनपछि झापा, बिर्तामोड, इलाम, धरानलगायत नेपालको अन्य ठाउँमा समेत प्रदर्शन गरिने निर्देशकभगीराज राईले बताए । त्यसैगरी भारतको दार्जी्लिङ, सिक्किम, मणिपुर, कालेबुङ, दिल्ली र साउदी अरबमापनिप्रदर्शन गर्ने मिति तय भइसकेको राईले जानकारी गराए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा