सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, भाद्र २९। राष्ट्रपति विद्यादेवी भण्डारीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन आग्रह गरेकी छन् । राष्ट्रिय बाल दिवस २०७५ मूल समारोहलाई शुक्रबारसम्बोधन गर्दै राष्ट्रपति भण्डारीले निर्मला पन्तका बाबु, आमा तथा परिवारजन न्यायका लागि छट्पटिरहनु दुःखद् रहेकाे बताइन्। ‘ढिलो गरी न्याय पाउनु भनेको न्याय नपाउनु सरह हो’ भन्ने मान्यतालाई गम्भीरतापूर्वक मनन् गरी हत्यामा संलग्न अपराधीलाई कानूनी दायराभित्र ल्याई दण्डित गर्न सबै पक्ष सम्बेदनशील बन्नुपर्छ,’ उनले भनिन्।
राष्ट्रपति भण्डारीले बालबालिकासम्बन्धी मौलिक अधिकारलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न आग्रह गर्दै प्रभावकारी र व्यवहारिक कार्यान्वयनले मात्र बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार अन्त्य गर्न सकिने बताइन्। बालबालिकामाथि हुुने हिंसा, दुर्व्यवहार, बलात्कार रोक्न प्रहरी, नागरिक समाज तथा घर परिवार एकजुट हुनुपर्ने भन्दै उनले कलिला बालिकामाथि हुने यौनजन्य हिंसा मानवताविरुद्धको कलङ्कभएकाले यसलाई जरैदेखि उखलेर फाल्नुपर्ने बताइन्।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले संविधानप्रदत्त बालबालिकाका अधिकार कार्यान्वयनमा ल्याउन आवश्यक ऐन तयार गरी मन्त्रालयले संसदमा प्रस्तुत गरेको बताइन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव वुद्धिबहादुर खड्काले बालबालिकामाथि हुने हिंसा अन्त्य गर्न स्थानीय सरकार बढी सम्बेदनशील बन्नुपर्ने बताए।
खगेन्द्र नवजीवन विद्यालय जोरपाटीमा कक्षा १० मा अध्ययरत छात्रा सविता थापाले पछिल्लो समय निर्धक्क रुपमा सडकमा हिडडुल गर्न नसकिने अवस्था रहेकाे बताए। बालअधिकारकर्मी गौरी प्रधानले बालबालिका शान्ति क्षेत्र कायम राख्न तीनै तहका सरकारले बालमैत्री नीति अवलम्बन गर्नुपर्ने बताए। रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा