सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, भदौ २८। अब सरकारले कुनै पनि व्यक्तिको विदेशमा उपचारका लागि लाग्ने खर्च नव्यहोर्ने भएको छ। जनस्वास्थ्यसम्बन्धी विधेयकमा संशोधनमार्फत् विदेशमा हुने उपचारको खर्च सरकारले नव्यहोर्ने व्यवस्था गरिएको हो।
नेता तथा उच्च तहका सरकारी अधिकारीहरूले राज्यकोषबाट रकम लिएर विदेशमा उपचार गराउँदै आएका छन्।
प्रतिवेदनमा भनिएको छ, ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएता पनि कुनै ब्यक्तिलाई विदेशमा उपचार गर्नु पर्ने भएमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन।’
त्यस्तै सरकारी अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी वा कर्मचारीले सरकारले तोकेको समयमा अन्यत्र काम गर्न नपाउने ब्यवस्था प्रतिवेदनमा थप गरेको छ। ‘तोकिएको समय बाहेकको समय कुनै चिकित्सक, स्वास्थ्यकर्मी वा कर्मचारीले अन्यत्र सेवा गर्न चाहेमा सम्बन्धित निकायको पूर्व स्वीकृति लिनु पर्नेछ,’ प्रतिवेदनमा उल्लेख छ।
कुनै अस्पतालले अर्को विस्तारित अस्पताल खोल्न समेत यो सिमितिको परिमार्जित प्रतिवेदनले खुला गरेको छ। स्वास्थ्य संस्थाले उपलब्ध स्रोतसाधन र जनशक्तिको आधारमा आवश्यकता अनुसार सेवा विस्तार गर्न सकिने प्रावधान थप गरेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा