सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अक्षय कुमारको फिल्म २.० लामो समयदेखी चर्चाको शिखरमा पुगेको छ । यो फिल्म रोबोट को सीक्वल हो । फिल्ममा रजनीकांत हीरो र अक्षय भिलेन छन् । फिल्मको एक पोष्टर अक्षय कुमारले हालैमात्र रिलिज गरेका थिए । विहिवार फिल्मको टिजर रिलीज हुदैछ ।
रोबोट २.० लाई भारतको सबैभन्दा महंगो फिल्म बताइएको छ । खबर अनुसार, फिल्म रिलिज हुनुभन्दा अगाडि नै बजेटले प्रभासको बाहुबलीलाई पनि पछाडि पारेको छ ।
यो फिल्मको बजेट ५४५ भारु बताइएको छ । अहिलेसम्म बाहुबलीलाई सबैभन्दा महंगो फिल्म मानिएको थियो । साथै यसको ब्यापार पनि सबैभन्दा राम्रो रह्यो । तर २.० ले बाहुबलीलाई बजेटमा पछाडि छोडेको हो भने कमाईमा पनि यसको रोकर्ड तोड्ने अनुमान गरिएको छ ।
फिल्मको टिजर रिलिज हुनुभन्दा पहिला नै सोशल मिडियामा धमाका मच्चाइरहेको छ । लामो समयदेखी यो फिल्मको रिलिज टर्दे गईरहेको थियो । यो भन्दा पहिला यसलाई २०१८ को शुरुवातमा रिलिज गरीने भएको थियो । तर अब यो फिल्म २९ नोभेम्बरमा रिलिज हुने भएको छ ।
फिल्मलाई लिएर पोष्टर सार्वजनिक भएदेखि नै सोशल मिडियामा बधाई तथा शुभकामना मिल्न थालेको छ । यो फिल्म पनि बाहुबली जस्तै अलटाइम ब्लक बस्टर सावित हुन सक्ने अनुमान फिल्मि क्षेत्रका गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा