सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमको निर्माण तथा अभिनय रहेको फिल्म अनुरागको अफिसियल ट्रेलर रिलिज गरीएको छ । फिल्ममा एलिजा गौतम र नवनायक समुन्द्र पण्डितको अभिनय रहेको छ ।
प्रेमकथामा आधारीत फिल्ममा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेत लगायतका कलाकारहरुको पनि अभिनय छ । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको यो फिल्म सांगीतिक प्रेमकथामा आधारित छ ।
ऋषि धमला प्रस्तुतकर्ता रहेको फिल्मलाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन् । यो फिल्म असोज १२ गतेलाई प्रदर्शनमा आउदैँ छ ।#
ट्रेलर हेर्नुहोस् :
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा