सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ६ श्रावण । मेगा बैकले प्यूठानको ऐरावतीे गाउपालिकाकों २ को बरौलामा नयाँ शाखा विस्तार गरेको छ । गाउँ–गाउँमा शाखा सञ्जाल विस्तार गर्ने क्रममा मेगा बैंकले प्यूठान जिल्लाको ऐरावतीे गाउपालिकाका बरौलामा नयाँ शाखा विस्तार गरेको हो ।
ग्राहकहरुको विश्वास जित्दै अघि बढ्ने क्रममा थप सेवा तथा सुविधाहरु थप्दै जाने बैककी सिइओ अनुपमा खुञ्जेलीले बताइन । ‘हलोदेखि हाइड्रोसम्म’ मुख्य नारा लिएर हिडेको मेगा बैंकले छोटो समयमै ग्राहकहरुको विश्वास आर्जन गर्न सफल भएको भन्दै उहाँले आकर्षक सुविधाहरुसहित मेगा बैंकलाई नयाँ ढंगले अघि बढाउने बताउनुभयो ।
नेपाल राष्ट्र बैकले ग्रामिण भेगको १८ क्षेत्रहरुमा शाखा खोल्नु पर्ने दिएको निर्देशन अनुसार मेगा बैंकले सबै क्षेत्रहरुमा शाखा खोलिसकेको छ ।
बैंकले स्थापनाको आठौँ बर्षमा १०१ वटा शाखा विस्तार गरीसकेको छ भने टुरिजम डेभलपमेन्ट बैंक र पश्चिमाञ्चल विकास बैंकलाई एकायर गरीसकेको छ । मेगा बैंकको देशभर १४ एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार भन्दा बढी मेगा रेमीट सञ्जाल, ७४ वटा एटीएम छन ्। बैंकिङ सुविधा नपुगेका ग्रामीण भेगमा अत्याधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले मेगा बैंकले शाखा विस्तारलाई तीव्रता दिइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा