सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असार ३२ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. गोविन्द केसीको जीवनमा तलमाथि हुन सक्ने परिस्थितिको निर्माण वर्तमान सरकारले गरिरहेको बताएका छन् । सोमवार विज्ञप्ति जारी गर्दै सभापति देउवाले डा केसीको जीवनरक्षाको माग समेत गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘डा. गोविन्द केसीको स्वास्थ्य स्थिती थप विग्रदै गएको खबरले मलाई गम्भीर बनाएको छ। यस्तो स्थिती उत्पन्न भइसक्दा पनि सरकार वार्ता मार्फत समाधानका लागि गम्भीर नहुनुलाई मैले झनै गम्भीर विषयका रुपमा लिएको छु। चिकित्सा शिक्षामा सुधारका लागि अनसनरत डा. केसीसंग वार्ता गरी माग सम्वोधन गर्दै उहाँको जीवन रक्षाका लागि तत्कालै अग्रसरता लिनु सरकारको दायित्व रहेको स्मरण म गराउन चाहन्छु।’
आफ्नो नेतृत्वमा रहेको सरकारले चिकित्सा शिक्षामा व्यापक सुधार गर्ने उद्देश्यका साथ चिकित्सा शिक्षा विधेयकलाई अध्यादेश मार्फत जारी गरेको स्मरण गराउँदै देउवाले केसीसँको वार्ता, सरोकारवालाहरुसंगको छलफल, माथेमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन एवं आम नागरिकको भावनालाई मध्यनजर राखेर जारी त्यो अध्यादेशकै हुवहु विधेयक प्रस्तुत गर्नु नै विद्यमान जटिलताको विवेक सम्मत हल हुने बताएका छन्।
यसैगरी देउवगाले डा केसीको जीवन तलमाथि भएमा त्यसको सम्पूर्ण दोषको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘डा. केसीको जीवनमा तलमाथी हुन सक्ने परिस्थितिको निर्माण वर्तमान सरकारले नियतवश गरिरहेको गम्भीर आशंका उब्जिएको छ। अप्रिय घटना भएका खण्डमा सम्पूर्ण दोषको जिम्मेवारी सरकारको हुने मात्रै होइन, चिकित्सा शिक्षामा सुधारको अभियानका प्रति नै गम्भीर घात हुने चेतावनी समेत दिन चाहन्छु।’
हेर्नुहोस्, विज्ञप्ति :
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा