सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
संखुवासभा, जेठ १३ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले पाँच वर्षसम्म अहिलेको सरकारको गतिविधि हेरेर सहयोग गर्ने बताएका छन् ।
नेपाल तरुण दलद्वारा आज यहाँ आयोजित तरुण भेलालाई सम्बोधन गर्दै उनले सरकारको पाँचवर्षे गतिविधि हेर्ने बताए । उनले नेकपाको नेतृत्वमा समृद्धिको सपना देख्नु भ्रम मात्रै भएको दाबी पनि गरे ।
काँग्रेसले राजनीति जितेको भएपनि चुनाव हारेको भन्दै पुरानो ढर्रा र सोचबाट पार्टी अगाडि बढ्न नसक्ने बताए । भेलालाई सम्बोधन गर्दै नेता प्रदीप पौडेलले लोकतन्त्रको पहरेदारी गर्दै संविधान कार्यान्वयनमा प्रतिबद्ध भएर लाग्ने बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा