सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर, जेठ १२ । सुन तस्करी र सनम शाक्यको हत्याको मुख्य आरोपी भनिने चूडामणि उप्रेतीलाई आइतबार (आज) चौँथो दिन पनि बयानका लागि जिल्ला अदालत मोरङ पुर्याइएको छ। गोरेलाई अदालत लैजाँदा र अदालतबाट निकाल्दा कडा सुरक्षा व्यवस्था अपनाउने गरिएको छ ।
उनीसँगको बयान आजै सक्ने अदालतको तयारी छ। जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा गोरेसँग गत बुधबारदेखि बयान लिने काम भइइरहेको छ। उनीसँग अदालतले यस अघि २७ पृष्ठको बयान लिइसकेको छ।
गोरेको बयान लिइसकेपछि वादी र प्रतिवादीबीचका वकिलबीच थुनछेक बहस सुरु हुने छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा