सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ ११ । मेगा बैंक र जीएमई रेमिट बीच रेमिट्यान्स कारोबार सम्झौता भएको छ ।
शुक्रबार एक कार्यक्रमका बिच मेगा बैंकका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र जीएमई रेमिटका तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेलले रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतापछि जीएमई रेमिट मार्फत नेपालीले स्वदेश तथा विदेशबाट पठाएको रकम मेगा बैंकका देशभर फैलिएर रहेका शाखाबाट भुक्तानी पाउनेछन् ।
जीएमई रेमिटसँगको साझेदारीपछि विशेषगरि दक्षिण कोरिया, अमेरिका, बेलायत, जापान, मलेसिया, युरोपबाट रेमिट्यान्स कारोबार सहज हुने देशराजले बताउनु भयो । यसैगरी, जीएमई रेमीट मेगा बैंकको सुपर एजेन्ट पनि भएका कारण मेगा रेमीटबाट पठाएको रकम जीएमईका देशभरका ७ हजार भन्दा बढी एजेण्टबाट पनि भुक्तानी लिन सकिने छ ।
हाल मेगा बैंकको देशभर ९१ वटा शाखा कार्यालय तथा देशभरि छरिएका १९ सय भन्दा बढी मेगा रेमीट एजेन्टहरु रहेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा