सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, जेठ ८ । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) मा ऐतिहासिक सहभागिता जनाएर सन्दीप मंगलबार साँझ स्वदेश फर्किएका हुन् । सन्दीप दिउँसो ४ बजेर १५ मिनेटमा जेट एयरवेजको विमानबाट त्रिभुवन विमानस्थलमा आइपुगेका हुन् । उनलाई कप्तान नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले स्वागत गरेका हुन्। उनलाई विमानस्थलमा खेलकुदप्रेमी र शुभेच्छुकहरूले भव्य स्वागत गरेका थिए ।
आईपीएल क्रिकेट खेल्ने पहिलो नेपाली खेलाडी बनेर इतिहास रचेका सन्दीपले आफ्नो पहिलो सहभागितालाई नै सफल बनाउँदै आगामी संस्करणका लागि गतिलो सम्भावनाको ढोका खोलेर स्वदेश फर्किएका हुन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा