सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, जेठ ४ । विवेकशील साझा पार्टीले प्रदेश नं ३ को संयोजकमा समीक्षा बास्कोटालाई नियुक्त गरेको छ । ३४ वर्षीया बास्कोटा गत निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभाको उमेदवार थिइन भने उनी कानुनकर्मी तथा व्यवसायी पनि हुन् ।
उनले काठमाडौँ स्कुल अफ ल बाट कानुनमा स्नातक गरेर अमेरिकाको सेण्ट जन्स विश्वविद्यालयबाट कानुनमैं स्नातकोत्तर गरेकी छिन्। स्नातकोत्तरपछि ुडिन्स फेलोु मनोनीत भएर केही समय अमेरिकामैं काम गरी २०६७ सालमा नेपाल फर्किएकी बास्कोटाले त्यसपछिका वर्षहरू प्राध्यापन, कानुनी अभ्यास, पारिवारिक व्यवसाय तथा परोपकारी गतिविधिमा बिताएकी छन्।
पारिवारिक पृष्ठभुमिले गर्दा राजनीतिक माहौलमा हुर्किने अवसर पाएकि बास्कोटा राष्ट्रलाई बृहत्तररूपमा योगदान पुर्याउने सबैभन्दा सशक्त माध्यम इमानदार राजनीति नै हो भन्नेमा विश्वास राख्छिन्।
गत निर्वाचनमा विवेकशील साझा पार्टीको तर्फबाट काठमाडौँ क्षेत्र नं १ ‘क’ को प्रदेशसभाको उमेदवार बनेर २७ प्रतिशत मत ल्याएकी उनले तेस्रो स्थान हासिल गरेकी थिइन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा