सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, जेठ ३ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इन्छाकामना गाउँपालिका–६, कालिखोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान ५ः४५ बजे सडकमा पहिरो खसेको हो । तत्काल पहिरो पन्छाउने काम थालिएकाले केही समयपछि सडक खुल्ने प्रहरीले जनाएको छ ।
विस्तार गरिँदै गरेको सो सडक दिउँसोको समयमा बन्द हुने हुँदा साँझ बिहान सवारीको चाप बढी हुने गर्दछ । (रासस)
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा