सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ २। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार अढाई घण्टा भेटवार्ता भएको छ । बालुवाटारमा दुवै अध्यक्षबीच पार्टी एकताको विषयमा छलफल भएको छ ।
केही समयदेखि पार्टी एकताको विषयमा एमाले र माओवादीबीच सम्बन्ध चिसिदै गएको थियो । दुवै अध्यक्षाबीचकाे वार्ता प्रगतिउन्मुख भएको छ । दुवै अध्यक्ष बिहीबार एकता सयाेजन समितिकोकाे बैठक बसाउन सहमत भएका छन् ।
भोली बिहीबार एकता संयोजन समितिको बैठक बसेर एकताको सम्बन्ध निर्णय लिदैछ । प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले एकता सम्बन्धिको प्रतिवेदनमा समेत दुवै अध्यक्षबीच छलफल भएको बताए । उनले एकतालाई सकारात्मक निश्कर्षमा पुर्याउन दुवै अध्यक्ष सहमत भएको बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा