सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
गाईघाट, बैशाख २३ । उदयपुरको त्रियुगा नगरपालिका–८ स्थित पञ्चकन्या सामुदायिक वन क्षेत्रमा केही दिनदेखि जथाभावी रूख कटान भएको छ। जिल्ला वन कार्यालय उदयपुरका अनुसार वन उपभोक्ता समितिलाई सामुदायिक वनको ढला, परा, सुख्खा खरा रूख मात्र कटान गर्न अनुमति दिए पनि उपभोक्ता समितिका पदाधिकारीको मिलेमतोमा बढी अन्य रूख कटान गरेको पाइएको हो।
जिल्ला वन कार्यालय उदयपुरका सहायक वन अधिकृत लालबाबु यादवले आफूहरुले प्रत्यक्ष अनुगमन गर्दा २६६ दशमलब ४४ क्यू फिट काठ कटान भएको पाएको बताए। वन उपभोक्ता समितिका केही पदाधिकारीसहित अन्यको पनि छानबिन गरेर जिल्ला वन कार्यालयमार्फत अदालतमा केही अभियुक्तविरुद्ध मुद्दा चलाउने तयारी भएको सहायक वन अधिकृत यादवले जानकारी दिए।
वन उपभोक्ता समितिका अध्यक्ष मेखबहादुर भट्टराईले केही व्यक्तिले निर्देशनविरुद्ध रूख कटान गरेको हुनाले सम्बन्धित अभियुक्तलाई कारबाही गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए। रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा