सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, बैशाख १९। नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रिय कमिटी बैठक आगामी जेठ ४ र ५ गते बोलाएको छ। लामो समयदेखि बैठक बस्न नसकेकोमा समसामयिक विषयमा छलफल गर्नका लागि चौथो बैठक बोलाइएको अनेरास्ववियुका महासचिव ऐन महरले जानकारी दिए। प्रत्येक चार महिनामा हुने अखिलको बैठक आठ महिनापछि बस्न थालेको हो।
बैठकमा अखिलका अध्यक्ष नवीना लामा प्रतिनिधिसभाको सांसद भइसकेपछि उहाँलाई बिदाइ गरी कमिटीलाई नै पुनर्गठन गर्ने र शैक्षिक विषयमा केन्द्रित हुने महासचिव महरले बताए। सांसद भएपछि अध्यक्ष लामाले कार्यव्यस्तताका कारण देखाउँदै कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष महेश बर्तौलालाई दिएकी छन्। काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्।
विसं २०७२ फागुनमा भएको २२ आैं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कमिटीको पदावधि सकिएकाले पनि संगठनको पुनर्गठन गरिने महासचिव महरले बताए। बैठकले नयाँ नेतृत्वसमेत चयन गर्ने छ। प्रत्येक दुई वर्षमा अखिलको महाधिवेशनको व्यवस्था गरिएको छ । अखिलमा अहिले १५४ जनाको केन्द्रीय कमिटी रहेको छ। रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा