सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
वैशाख १३ । दक्षिण कोरियामा बालबालिका जन्माउने क्रम घट्दै गएको हालै सार्वजनिक एक विवरणले देखाएको छ । बुधबार सार्वजनिक गरिएको फेब्रुअरी महिनाको विवरण अनुसार जन्मदर घटेको देखिएको अधिकारीहरुले जनाएका छन् । फेब्रुअरी महिनामा नयाँ जन्मिएका बालबालिकाहरुको संख्या २७ हजार ५०० रहेको छ । एक बर्ष अगाडीको तुलनामा अहिले तीन हजार अर्थात् ९.८ प्रतिशत कम बालबालिका जन्मिएका छन् ।
सन् १९८१ देखि यस्तो तथ्याङ्क लिन थालिएकोमा यो अहिलेसम्मकै सवैभन्दा धेरै घटेको तथ्याङ्क हो । सन् २०१५ को डिसेम्बरदेखि गत फेब्रुअरीसम्म अर्थात २७ महिनामा बालबालिकाको जन्मदर निकै कम भएको अध्ययनले देखाएको छ ।
ढिला विवाह र एउटामात्रै सन्तान जन्माउने प्रचलन बढ्दै गएकाले जन्मदर घटेको अनुसन्धानकर्ताहरुले बताएका छन् । विवाहमा पनि अघिल्लो बर्षको तुलनामा धेरै गिरावट आएको छ । अघिल्लो बर्षको तुलनामा यो फेब्रुअरीमा १९ हजार अर्थात् ११.६ प्रतिशत कम विवाह भएको छ ।
न्युन मात्रामा विवाह हुनु र जन्मदर घट्दै जानु दक्षिण कोरियाको अर्थतन्त्रका लागि टाउको दुखाइको विषय भएको छ । (रासस/सिन्ह्वा)
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा