सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बैशाख १२ । जोधपुर सेन्ट्रल जेलमा रहेको एससी ÷एसटी विशेष अदालतले नाबालिकालाई बलात्कारको घटनामा आसारामलाई दोषी सावीत गरेको छ । आसाराम लगाएत अदालतले शिल्पी र शरदचन्द्रलाई पनि दोषी सावित गरेको छ भने शिवा र प्रकाशलाई भने निर्दोष बताएको छ ।
जोधपुर सेन्ट्रल जेल भित्र बनेको विशेष अदालतको न्याधिश मधुुसुदन शर्माले आफनो महत्वपुर्ण फैसला सुनाएको हो । जोधपुर सेन्ट्रल जेलमा आसाराम गएको चार बर्ष भन्दा पहिलादेखी जेल जिवन काटीरहेका छन् ।
आसारामलाई दोषी सावित गरिसकेपछि पिडितको बुबाले भने “अदालतले हामीलाई न्याय दियो, आसारामलाई कडा भन्दा कडा सजाए सुनाइयोस “।
फैसलापछि सुरक्षालाई मध्यनजर राख्दै जोधपुर सेन्ट्रल जेलसहित पुरै जिल्लामा सुरक्षा ब्यवस्था कडा पारिएको छ साथै विभिन्न ठाउँमा निषेधाज्ञा पनि लागु गरिएको छ ।
यो भन्दा अगाडि भारतीय गुरु रामरहिमलाई अदालतले सुनाएको फैसला पश्चात पंचकुलामा भएको हिंसालाई मध्यनजर राख्दै केन्द्रले राजस्थान, गुजरात र हरियाणा सरकारलाई सुरक्षा बढाउन तथा अतिरिक्त सुरक्षा बल तैनाथ गर्न भनेको छ किनभने यी तिनै राज्यमा ७७ बर्षका आसारामको धेरै संख्यामा अनुयायीहरु रहेका छन् ।
आशाराम माथि उत्तर प्रदेश को शाहजहांपुरकी एक नावालिकालाई बलात्कार गरेको आरोप थियो जसमा उनी दोषी सावित भए । पिडित बालिका मध्य प्रदेशको छिंदवाडा को आसारामको आश्रममा पढ्थिन । पिडितको आरोप अनुसार, आसारामले जोधपुर नजिकै आश्रममा बालिकालाई बोलाएर १५ अगस्ट २०१३ मा बलात्कार गरेको बताइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा