सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बैशाख ६ । रविन उथप्पा र सुनील नरेनको शानदार बलिङले कोलकाता नाइट राइडर्सले राजस्थान रायल्सलाई सात विकेटले पराजित गर्दे शीर्ष स्थान कब्जा गर्न सफल भएको छ ।
क्यारीबीयन खेलाडी सुनील नरेन ३५ र रबिन उथप्पा ले ४८ उपयोगी पारी खेल्दै आफनो टिमलाई जीतसम्म पुर्याए । जयपुरको सवाई मान सिंह स्टेडियममा भएको आईपिएल सिजन ११ को यो १५ औ खेलमा राजस्थानले पहिला बलिङ गर्दे निर्धारित २० ओभरमा केकेआर के अगाडी १६१ रनको चुनौती दिएको थियो ।
राजस्थानले दिएको १ सय ६१ रनको लक्ष्य कोलकाताले ७ बल बाँकी छँदा ३ विकेटको क्षतिमा पुरा गर्यो । कोलकाताका लागि कप्तान दिनेश कार्तिकले २३ बलमा नटआउट ४२ र नितिश रानाले २७ बलमा नटआउट ३५ रन जोडे ।
सुनिल नारिनले २५ बलमा ३५ रन जोड्दा रोबिन उथप्पाले ३६ बलमा ६ चौका र २ छक्काको मद्दतले ४८ रन जोडे । राजस्थानका लागि डिआर्की सर्टले ४४ र कप्तान अजिन्का राहाणेले ३६ रन जोडे ।
जोस बटलरले १८ बलमा नटआउट २४ रन जोड्दा अन्य ब्याट्सम्यानले उल्लेख्य रन बटुल्न सकेनन् । बलिङतर्फ कोलकाताका नितिश राना र टम कुरानले २(२ विकेट लिए । पियुस चावला, कुलदिप यादव र शिवम माविले समान १/१ विकेट हात पारे ।
यससँगै ५ खेलबाट ३ जीतसहित ६ अंक बटुलेर शिर्ष स्थानमा छ । दोस्रो स्थानको हैदरावादको ३ खेलबाट ६ अंक नै छ । पञ्जाव, चेन्नई र राजस्थानले समान ४/४ अंक जोडेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा