सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
झापा, चैत्र २ । झापाबाट यस वर्ष १६ हजार परीक्षार्थीले एसइई परीक्षा दिने भएका छन् । यही चैत ८ गतेदेखि शुरु हुने परीक्षामा नियमिततर्फ १५ हजार २४६ र एक्जाम्टेडतर्फ ८१४ जना गरी १६ हजार १६ जना परीक्षार्थी एसइईमा सहभागी हुने जिल्ला शिक्षा कार्यालय झापाका उप जिल्ला शिक्षा अधिकारी होमनाथ भण्डारीले जानकारी दिए ।
उहाँका अनुसार ५४ वटा परीक्षा केन्द्रबाट नियमित र दुईवटा परीक्षा केन्द्रबाट एक्जाम्टेड विद्यार्थीले परीक्षा दिनेछन् । एक्जाम्टेड विद्यार्थीका लागि बिर्तामोडस्थित महेन्द्र रत्न उच्च मावि र दमकस्थित पृथ्वी मावि तोकिएको छ ।
“परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तरपुस्तिका आइसकेको छ”, उपजिशिअ भण्डारीले भने, “सम्बन्धित केन्द्रमा उत्तरपुस्तिका पु¥याइसकिएको छ ।” रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा