सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागुन २८ । प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदबीच टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद समक्ष आज काठमाडौंमा भएको यूएस बंगलाको विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
बंगलादेशका प्रधानमन्त्रीलाई फोन गरेर प्रधानमन्त्री ओलीले दुर्घटनामा भएको मानवीय र भौतिक क्षतिप्रति नेपाल सरकारको तर्फबाट दुःख व्यक्त गर्नु भएको प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामशरण बगजाईँले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
बंगलादेशका प्रधानमन्त्रीलाई फोन गरेर प्रधानमन्त्री ओलीले दुर्घटनामा भएको मानवीय र भौतिक क्षतिप्रति नेपाल सरकारको तर्फबाट दुःख व्यक्त गर्नु भएको हो । त्रासद् दुर्घटनाले आफू स्तब्ध भएको र दुर्घटनाको खबर पाउनासाथ नेपाल सरकारले यथाशीघ्र उद्धार कार्य अघि बढाएको जानकारी दिनुभयो ।
‘दुर्घटनाको यथार्थ कारण पत्ता लगाउन नेपाल सरकार मन्त्रिपरिषद् बैठकबाट आयोग गठन गर्ने प्रधानमन्त्रीले जानकारी गराउनुभयो। बंगालदेशका प्रधानन्त्रीले दुर्घटना लगत्तै उद्धारका लागि नेपाल सरकारले देखाएको तदारुकताप्रति धन्यवाद व्यक्त गर्नुभयो’, विज्ञप्तीमा भनिएको छ।
सोमबार बंगलादेशको राजधानी ढाकाबाट यात्रुसहित आएको युएस बंगला विमान कम्पनीको बम्बार्डियर जहाज त्रिभुवन विमानस्थलको अवतरणका क्रममा फुटबल मैदानमा चिप्लिएर दुर्घटनाग्रस्त भएको हो । जाहाज पुर्णरुपमा जलेको छ ।
दिउँसो सवा २ बजे अवतरणका क्रममा धावनमार्ग भन्दा केही बाहिर पुगेर दुर्घटनाग्रस्त हुँदा आगलागी भएको हो ।
बंगलादेशको ढाकाबाट करिब ६७ यात्रु तथा ४ जना चालक दलका सदस्य सहित बम्बाडियर–ड्यास क्यु ४०० सिरिजको जहाज धावनमार्गबाट चिप्लिएर पूर्वपट्टि दुर्घटनामा परेको हो।
जहाजमा ३३ जना नेपाली, ३२ जना बंगाली, १ जना माल्दिभ्सीयन र १ चिनियाँ नागरिक थिए।
३३ नेपाली यात्रुमध्ये १५ बगलादेशमा एमबिबिएस पढ्न गएका विद्यार्थी थिए भने विभिन्न ट्राभल्स एजेन्सीमा काम गर्ने १६ जना नेपाली पनि दुर्घटनामा परेका छन् ।
विमानमा ३७ पुरुष, २८ महिला र २ जना बच्चा रहेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा