सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
लमजुङ, फागुन १३ । जनता बैंकले लमजुङको दोर्दी गाउँपालिकामा आफनो ९५औ शाखा विस्तार गरेको छ । आज एक कार्यक्रमका विच उक्त शाखा सञ्चालनसँगै आजैबाट कारोबार पनि सञ्चालनमा ल्याएको छ ।
नेपाल राष्ट्र बैंकको प्रत्येक स्थानीय तहमा बैंक शाखा पुर्याउने नीतिअनुरुप उक्त शाखाको विस्तार गरिएको हो । लमजुङ जिल्लाको ग्रामिण क्षेत्रका साविकका ८ गा.वि.स. समेटिएर बनेको दोर्दी गाउँपालिकाको समेत कारोवार गर्ने यस शाखाले गाउँपालिका क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिकानिर्वाह गर्नुको साथै गाउँपालिकाकाजनताहरुले यस शाखाबाटआधुनिक बैंकिङ सुबिधालिई जिबनस्तर सहजबनाउन सक्नेछन् भन्ने कुरा बैकले अपेक्षा गरेको छ ।
मुलुक संघीय प्रणालीमा गएसंगै अब दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिंग सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्दे बैंकले थप शाखाहरु विस्तार गर्ने योजना अघि सारेको छ । बैकले हाल ९५ शाखा, २६ शाखा रहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ,३ एक्सटेन्सन काउन्टर तथा ६७ एटिएमहरु मार्फत करिव ५ लाख ग्राहकलाई सेवा पुर्याउदै आइरहेको छ ।
हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ९९ करोड ३६ लाख ९४ हजार रुपैयाँ रहेकोमा हालै बैकको बसेको सञ्चालक समितिको बैठकले १४।४० प्रतिशतले हुन आउने रु। १ अर्ब ७० लाख ९१ ह्जार ९ सय ३६ रुपैया बोनस शेयर दिने निर्णय पश्चात राष्ट्र बैकले तोकेको न्यूनतम चुक्ता पुँजी ८ अर्व पुर्याउनु पर्ने नियमानुसार बैकको चुक्ता पुँजी ८ अर्ब ७ लाख ८५ हजार ९३६ रुपैयाँ हुनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा