सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुर्खेत, फागुन १३। उद्योग वाणिज्य संघ सुर्खेतले आफ्ना हरेक गतिविधिलाई डिजिटल बनाउनका लागि यू ट्युब च्यानलको शुभारम्भ गरेको छ । सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतको ३४औँ वार्षिक साधारण सभाको अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज यू ट्युब च्यानलको शुभारम्भ गरे । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशलाई समृद्ध प्रदेश निर्माण गर्न यहाँका उद्योगी–व्यापारीले लगानीमैत्री वातावरणको सृजना गर्न जरुरी रहेको बताउनभयो ।
यहाँका उत्पादनलाई बाहिरी देशमा निर्यात गरी आम्दानी गर्न सक्ने अवस्थामा यहाँका जनता रहनुपर्नेमा उनले जोड दिए । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा जडीबुटी प्रशस्त मात्रामा भए पनि अझै पनि सही सदुपयोग हुन नसकेकाले प्रदेशमा भएका जल, जमिन, जडीबुटी, पर्यटनस्थललाई सही सदुपयोग गरेर अघि बढ्न यहाँका उद्योगी–व्यापारीलाई आग्रह गरे ।
सुर्खेत उद्योग वाणिज्य संघको यू ट्युब च्यानल संघका हरेक गतिविधिलाई डिजिटल प्रविधिमार्फत बाहिर ल्याउनका लागि च्यानल सञ्चालन गरिएको संघका अध्यक्ष प्रकाश अधिकारीले बताए ।
च्यानलले संघका हरेक कार्यक्रमका गतिविधिलाई दर्शकसमक्ष पु¥याउने र संघलाई सुशासन प्रवद्र्धनमा अगाडि बढ्न मद्दत मिल्ने बताइएको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा