सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, फागुन ११ । ग्लोबल आइएमई बैंकले नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य एंव अन्डर नाइन्टिन टिमका कप्तान दिपेन्द सिंह ऐरीलाई १ वर्षको लाई प्रयोजन गरेको छ । विहिबार बैकले आफनो एघारौँ वार्षिक उत्सवको अवसरमा रजिष्टर्ड कार्यालय कमलादीमा आयोजीत कार्यक्रममा उक्त सम्मान स्वरुप ऐरीलाई प्रयोजन गरेको हो ।
प्रायोजन पश्चात ऐरीले एक वर्षका लागि ४ लाख रुपैया पाउनेछन् जसमा मासिक २० हजारका दरले २ लाख ४० हजार र बाँकी रकमको स्पोर्टस किड्स पाउनेछन् ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले नेपाली क्रिकेट टोलीले हालै नामिबियामा सम्पन्न आइसिसि विश्व क्रिकेट लिग डिभिजन–२ मा दोस्रो भई नेपाल एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा स्थान बनाएकोमा हार्दिक बधाई तथा फागुन २० गतेदेखि जिम्बाबेमा हुन गईरहेको आइसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट खेलको लागी अग्रिम शुभकामना दिनुभयो । शर्माले नेपालको क्रिकेट खेल र खेलाडीलाई प्रोत्साहन गर्ने उद्धेश्यले एरीलाई सम्मान गरेको बताउनुभयो ।
समारोहमा ऐरीले बैंकले आफुप्रति देखाएको सम्मानले आफु उत्साहित भएको र भविष्यमा अझ राम्रो खेल्नको लागि अझ बढि प्रेरणा मिलेको बताए ।
समारोहमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेट प्रति कर्पोरेट हाउसहरुले देखाएको सम्मानले आफुहरुलाई थप उर्जा प्रदान गरेको बताउँदै आगामी दिनमा पनि नेपाली खेलाडीहरुलाई माया र सम्मानको अपेक्षा राखेको बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा