सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागुन ३। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।राष्ट्रपति भवन शीतल निवासमा बिहिबार आयोजित विशेष समारोहमा ओलीले राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् । यो सँगै वली संघिय नेपालको पहिलो प्रधानमन्त्रि बनेका हुन् ।
ओलीले आजै २ जनालाई लिई मन्त्रिपरिषद विस्तार गरेका छन् उनले लालबाबु पण्डित जनसंख्या तथा वातावरण मन्त्री बनाएका छन् भने एमालेकी समानुपातिक सांसद थममाया थापालाई महिला बालबालिका मन्त्री बनाएका छन् ।
शपथ ग्रहण कार्यक्रममा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली, उपराष्ट्रपति नन्दबहादुर पुनलगायत अन्य उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो ।
कार्यक्रममा राष्ट्रपति कार्यालयका सचिवले प्रधानमन्त्री नियुक्तिको पत्र पढेर सुनाएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा